काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाकै नेता तथा गृहमन्त्री रामबहादुर थापा जनयुद्धकै झझल्को दिने पोशाकमा देखिएका छन् ।
शान्ति प्रक्रियामा आएको एक दशकपछि उनीहरु जनयुद्धको जस्तै पोशाकमा देखा परेका हुन् । प्रचण्ड परिवार प्रचण्डपत्नी सिताको उपचारका लागि म्याग्दीको तातोपानीमा नुहाउन पुगेका थिए । सोही क्रममा प्रचण्ड र बादलको पोशाक भने सामान्य र जनयुद्धमा लगाउने जस्तै देखिएको हो ।
प्रचण्ड र बादलले सामान्य जुत्ता लगाएका छन् । बादलले ज्याकेट र पाइन्ट पनि सामान्य लगाएका छन् उनले तस्बीर लिने क्रममा टोपी भने निकालेका छन् । प्रचण्डको पोशाक त अझ ट्राउजर रहेको छ । उनीहरूका अंग रक्षकहरु समेत अघि पछि देखिएका छैनन् । केही भने कार्ड भिरेर बसेका छन् ।
उनीहरुले पनि तातोपानीमा नुहाएका थिए । तातोपानीमा नुहाउँदा रोगहरु निको हुने बताइन्छ ।







