काठमाडौं २९ काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडकखण्ड भत्काएर ६ महिनासम्म पनि अलमत्र अवस्थामा छाडेपछि स्थानीयबासी विरोधमा उत्रिएका छन् ।

गत वैशाखमा भत्काइएको सडक चाँडो बनाउन माग गर्दै स्थानीयले एक घण्टा बिहीबार सडक बन्द गराएका छन् । स्थानीय गौरव कालिराजले वैशाखमा सडक भत्काएपनि सरकारले निर्माण गर्न कुनै चासो नदेखाएको बताए । उनले भत्काएको सडक बनाएर धुवाँधुलो तथा खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरे ।

सडक भत्काएर पुनर्निर्माण नगरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएको समेत स्थानीयको गुनासो छ ।

स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौंता गरिसकेको जनाउँदै सडक बन्द गराउँदा पनि सुनुवाई नभए अझैं कडा आन्दोलनमा उत्रन बाध्य हुने समेत बताएका छन् । उनीहरुले भत्किएको सडक चाँडो पुनःनिर्माण नगरे अनिश्चतकालका लागि सडक खण्ड बन्द गर्ने चेतावनी दिएका छन् । उक्त क्षेत्रको सडक दुवै किनारा भत्काइएर अलपत्र अवस्थामा पारिएको छ । सडक भत्काएका कारण प्रदूषण बढेको छ भने ढलहरु पनि अलपत्र छाडिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।