काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण वैवाहिक बन्धनमा बाँधिएका छन् ।

विवाह बन्धनमा बाँधिएसँगै उनिहरुले जोडीको तस्विर सार्वजनिक गरेका छन् । उनीहरुले गत बुधबार इटालीमा विवाह सम्पन्न गरेका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार टालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार विवाह सम्पन्न भएको थियो ।

रणवीरले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको तस्बिर सार्वजनिक गरेकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।