काठमाडौ्रं १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुको व्यस्तताले तल्ला कमिटी निर्माण ढिलाई भएका छन् । उनले चाडै नै सबै कमिटीले पूर्णता पाउने पनि बताउँदै एकताको विषयमा विवाद नरहेको बताए । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता प्रचण्डले बताए ।
प्रचण्डले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने विचार समेत राखे । आजदेखि शुरु प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा पुगेका अध्यक्ष प्रचण्डले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह समेत गरे ।