काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ अहिलेको चर्चित रियालिटी सो मध्येको एक हो– जहाँ संगित प्रतिभाहरुको दह्रो प्रतिस्पर्धा जारी छ । सोही रियालिटी सोमा लभ चक्कर पनि उति नै रमाइलो छ । लभ चक्कर भने जजको भूमिकामा रहेकी गायिका इन्दिरा जोशी र कार्यक्रम सञ्चालक आशिफ शाहको हो ।
कार्यक्रमको २९ औं इपिसोडमा त बेलुहा झैं गरेर र बनेर आशिफ आउँछन् । बिहेमा बजाउने बाजा गाजासहित आउँछन् । अनि फोन मार्फत कार्ड बनाउन समेत लगाउँछन् । कार्डमा बेहुलीको ठाउँमा इन्दिरा जोशीको नाम राख्न निर्देश गर्छन् । बेहुला भने कुरा मिलि नसकेको भन्दै…..राख्न भन्छन् ।
केही छिन्मा आशिफले इन्दिारा खोज्दा देख्दैनन् । उनले कार्यक्रम हेर्न आएका दर्शकदेखि म्युजिसियन सबैलाई इन्दिराकै रुपमा देख्छन् ।
कार्यक्रममा अघि बढ्दै जाँदा आशिफ इन्दिारा बस्ने ठाउँमा पुगेर कार्ड रोज्न लगाउँछन् । इन्दिराले आफू अर्कैको बेहुली बन्ने बताउँछिन् । तर आशिफले छाड्दैनन् । निक्कै कर गरेपछि इन्दिाराले पनि एउटा कार्डमा सहमति जनाउँछिन् । अनि आशिषले तत्काल नै फोनमा गोल्डेन कलरको कार्ड फाइनल भएको जानकारी गराउँछन् । जे होस् आइडलमा लभ चक्कर निक्कै रमाइलै छ– तर यो साँच्चै नै लभ चक्कर भने हैन । कार्यक्रमलाई रोचक बनाउन गरिएका ड्रामाहरु हुन्, कतिपय दर्शकले भने साँच्चै रहेछ भन्ने ठान्न सक्ने जस्तो समेत बनाइएको छ । बाँकी भिडियोमा हेर्नुहोस्