काठमाडौं १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी–नागढुंगा सडक धमाधम बनेको भन्दै सरकारको काम हेर्न चुनौती दिएको सडक निर्माण अवस्था भने टालटुल गर्दै गरेको पाइएको छ ।

समयमा निर्माण कार्य सम्पन्न नभएको र विस्तारको काम पनि सन्तोष जनक नभएको सडकमा थोरै मात्रै मजदुरले आवश्यक प्रविधिको प्रयोग पनि नगरी टालाटुली गरिरहेको पाइएको हो ।

सडक खण्डको बिजुली बत्ती व्यवस्थापनको काम भने बल्ल अहिले आएर हतार हतारमा गरिरहेको पाइएको छ भने सडक विस्तारमा ठेकेदारले कम चासो दिएको पाइएको छ ।

थोरै मात्र मजदुर खटाइएको छ भने उनीहरुसँग आवश्यक सामग्री समेत नभएको प्रत्यक्ष रुपमा देखिएको छ । हेर्नुहोस् फोटो फिचर

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।