काठमाडौं, फागुन
![]() |
। प्रधानमन्त्री चयन भएको दुई सातापछि प्रधानमन्त्री सुशिल कोइरालाले बल्लतल्ल मंगलबार मन्त्रीपरिषद विस्तार गर्न सफल भएका छन् ।
गृह विवादमा २ हप्तासम्म रतौली चलेपछि अन्त्यमा गृह एमालेलाई नै दिएर १०-१० मन्त्रालयको भागबन्डापछि १८ जना मन्त्रीहरुले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथ खुवाउने क्रममा प्रधानमन्त्री कोइराला भने दुई पटक झुक्किएका थिए । शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहलाई सपथ खुवाउने क्रममा कोइराला देश र जनताका नाममा भन्नु पर्ने ठाउँमा नेपाली राजनीतिको भनेका थिए । त्यसपछि सबै जना गलल हाँसेपछि कोइरालाले सच्याएका थिए । त्यसरी हाँस्नेमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, सपथ लिँदै गरेका उपप्रधानमन्त्री लगायत थिए ।
कोइराला फेरि अन्य १६ जना मन्त्रीलाई सपथ दिलाउने क्रममा समेत अलमलिन पुगेका थिए । सबैलाई ठाउँ नपुगेपछि माइक मिलाउँदै गर्दा प्रधानमन्त्री कोइरालाले भने सपथ भाषण आफ्नै तालमा सुरु गरी नै हाले । तयारी नहुँदै सपथ सुरु गर्दा फेरि त्यहाँ हाँसो छुट्यो । कोइराला त्यतिबेला अलमलमा परे ।
त्यसपछि एकछिन रोकिएसँगै माइक मिल्यो । अनि भने प्रधानमन्त्री कोइरालाले सपथ सुरु गरे । Photo: Imagekhabar
Comments