नवनियुक्त १८ मन्त्रीद्धारा पद तथा गोपनीयताको सपथ


अपडेट:
फागुन १३  । नवनियुक्त १८ जना मन्त्रीले मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कांग्रेस र एमालेबाट मन्त्री चयन १८ जना मन्त्रीहरुलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले पद तथा गोपनीयताको सपथ गराए ।

कांग्रेसबाट मन्त्री भएका ८ जना र एमालेबाट मन्त्री भएका १० जनालार्इ सपथ गराइएको हो । कांग्रेसबाट रामशरण महतले यसअघि नै विनाविभागीय मन्त्रीका रूपमा सपथ लिइसकेका छन् । रक्षा मन्त्री प्रधानमन्त्री सुशील कोइरालाले नै राखेका छन् ।

श्रम तथा वैदेशिक रोजगार राज्य मन्त्री बनेका टेकबहादुर गुरूङको सपथ भने राष्ट्रिय योजना आयोगको हल सिंहदरबारमा सपथ लिनेछन् । राप्रपा र नेकपा मालेसहितका साना दलले मन्त्रीको टुंगो नलगाएकाले एमाले र कांग्रेसबाट गएका मन्त्रीहरूलार्इ मात्रै सपथ गराइएको हो ।
                                           
                                       

नेपाली कांग्रेसबाट
  • प्रकाशमान सिंह – उपप्रधान तथा स्थानीय विकास
  • विमलेन्द्र निधि – आवास तथा भौतिक योजना
  • रामशरण महत – अर्थ
  • महेश आचार्य – वन तथा भूसंरक्षण
  • नरहरी आचार्य – कानुन, न्याय तथा संसदीय मामिला
  • नारायण खड्का -शहरी विकास
  • मिनेन्द्र रिजाल – सञ्चार 
  • एनपी सावद – सिँचाई
  • चित्रलेखा यादव – शिक्षा
  • टेकबहादुर गुरुङ – श्रम

एमालेबाट

  • वामदेव गौतम- उपप्रधान तथा गृह
  • महेन्द्र पाण्डे – परराष्ट्र,
  • राधा ज्ञवाली – उर्जा,
  • कर्ण थापा – उद्योग
  • लालबाबु पण्डित- सामान्य प्रशासन
  • खगराज अधिकारी – स्वास्थ्य
  • दलबहादुर राना – भूमिसुधार
  • हरि पराजुली – कृषि
  • भीम आचार्य – पर्यटन
  • पुरुषोत्तम पौडेल – युवा तथा खेलकुद
  • राप्रपा र मालेबाट अझै टुंगो भएको छैन।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।