काठमाडौं २३ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको पद धरापको स्थितिमा पुगेको छ । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि उनी स्पष्टिकरण दिन काठमाडौं आईपुगेकी छिन् । उनको स्पष्टिकरण चित्त बुझ्दो नभएमा उनको राजदूत पद जाने उच्च सम्भावना छ ।
परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी गरेको हो । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन अघि बढेको हो ।
शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको परराष्ट्र स्रोत बताउँछ । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् ।
Comments