दुई दलबीच १०-१० वटा मन्त्रालयमा सहमति जुटेको बताइएको छ । अन्य मन्त्रालय भने राप्रपालाई १ र मालेलाई एक मन्त्रालय दिइने भएको छ भने अन्य चार मन्त्रालय अन्य दललाई छुट्याइएको छ ।
सोमबार बिहान २ बजेसम्म राजधानीको होटल द्वारिकाज्मा भएको दुईदलको वार्तामा १०–१० वटा मन्त्रालय कांग्रेस एमालेले राख्ने, राप्रपा र मालेलाई एक एक तथा बाँकी ४ वटा मन्त्रालय साना दललाई दिनेगरी प्रधानमन्त्रीसँगै राख्नेगरि सहमति नेताहरुले जनाएका छन् ।
सहमति अनुसार रक्षा, अर्थ,सञ्चार, सहरी विकास, शिक्षा,स्थानीय विकास, आवास तथा भौतिक योजना, शान्ति तथा पुर्न निर्माण, कानून न्याय तथा संसदीय र सिँचाई मन्त्रालय कांग्रेसले राख्ने भएको छ ।
यसैगरी नेकपा एमालेले गृह तथा उपप्रधान, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, उर्जा, पर्यटन, बन,यूवा तथा खेलकुद, कृषि र भूमिसुधार तथा ब्यवस्था मन्त्रालय राख्ने सहमति भएको छ।
सूर्यबहादुर थापा नेतृत्वको राप्रपा र सिपी मैनालीको पार्टी मालेलाई एक एक मन्त्रालय दिने सहमति भएको छ। अन्य ४ मन्त्रालय सरकारमा आउन चाहने साना दलका लागि भनेर प्रधानमन्त्रीसँग रहनेछन् ।
दुई दलबिचको मन्त्रालय बाँडफाँड मिलाइए पनि दुई दलभित्र कसलाई कुन मन्त्रालय मिलाउने भन्ने विवाद भने मिलेको छैन । आजै बेलुकासम्म सरकारले पूर्णता पाउने नेताहरुले दाबी गरेका छन् ।
Comments