फागुन १२ । अहिले निर्माण अवस्था तथा निर्माणको तयारीमा रहेका १ सय १७ आयोजनाबाट ७ वर्षमा १७ सय ५६ मेगावाट विद्युत थपिने भएको छ । जुन आयोजनाहरु सरकार र निजी लगानीबाट निर्माणाधीन र निर्माण तयारीमा छन् ।
यससँगै नेपालको कुल विद्युत २ हजार ५ सय ९० मेगावाट पुग्नेछ । यो बिजुली त्यतिबेलाको माग भन्दा बढी भएपनि लक्षित आयोजना सम्पन्न भएपछि वर्षातमा भने लोडसेडिङ अन्तय हुने र हिउँदमा केही घन्टा कटौती हुने खबर कारोबार दैनिकले छापेको छ ।
प्रवर्द्धकले २०७६ पुससम्म १ सय १७ आयोजनाबाट विद्युत उत्पादन थाल्न विद्युत प्राधिकरणसँग १ हजार ७ सय ५५ मेगावाटको विद्युत खरिद सम्झौता (पीपीए) गरेका छन् । यो जडित क्षमता विराटनगर र हेटौंडामा रहेको तापीय प्लान्टबाहेकको हो । यी २ प्लान्टको जडित क्षमता ५३ मेगावाट छ । निजी क्षेत्र र प्राधिकरणबाट ३८ आयोजना सम्पन्न भई ७ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । प्राधिकरणले ७ वर्षपछि वर्षादमा ३ अर्व युनिट बिजुली खेर जाने पक्षेपण गरेको छ ।
आगामी ७ वर्षमा विद्युत् माग बढेर २ हजार मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ । प्रस्तावित प्रसारणलाइनको काम समयमा सम्पन्न भए र स्थानीय स्तरमा कुनै अवरोध नआए निर्माणाधीन र निर्माण चरणमा रहेका सबै आयोजना बनिसक्नेछन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।