काठमाडौँ – सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।