फागुन १० । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा आङ छिरिङ शेर्पा निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा शेर्पाले ४७३ मत प्राप्त गर्नुभएको थियो भने उनका प्रतिद्वन्द्वी निमानोर्बु शेर्पाले ३९१ मत प्राप्त गरे ।

त्यसैगरी १५ सदस्यीय कार्यकारीणी समितिका अन्य पदाधिकारी र सदस्यहरुमा आङ छिरिङ प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सन्तवीर लामा, दिवसविक्रम शाह, ठाकुरराज पाण्डे, राजेन्द्रमान श्रेष्ठ र टीकाराम गुरुङ निर्वाचित भएका छन् ।

साथै सङ्घको सदस्यहरुमा डा हरि श्रेष्ठ, श्रीमती कामिनी एल शेर्पा, धनबहादुर गुरु, सुश्री छुरिम शेर्पा, पासाङ शेर्पा, लाक्पा शेर्पा, दा गेल्जे शेर्पा, पेम्वा दोर्जे शेर्पा र डा निमा नाम्गेल शेर्पा चुनिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।