गत बर्ष अपहरणमा परेका एक जना न्यायाधीश मृत अवस्थामा भेटिएको साउदी अरबको गृह मन्त्रालयले सोमबार पुिष्ट गरेको छ । 
पूर्वी प्रान्त अल क्वाटीफ क्षेत्रबाट बेपत्ता भएका न्यायाधीश सेख मोहम्मद विन अब्दुल्लाह अल जिरानीको मृत शरीर भेटिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । 
उनी चन्दा तथा पैत्रिक सम्पत्ति विभागमा कार्यरत थिए । उनी टारोटमा रहेको आफ्नै घर अगाडीबाट अपहरणमा परेका हुन् ।  
गत जनवरीमा मन्त्रालयले उनलाई अपहरण गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको र अरु तीन जना फरार रहेको जनाएको थियो । 
अपहरित न्यायाधीश यसअघि पनि पटक पटक आक्रमणको निशानामा परेका थिए ।  उनको घरमा आगजनीको प्रयाससमेत भएकोे थियो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।