काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले बिहीबार सांसद पदको शपथग्रहण गरेका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उनलाई शपथ खुवाए । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन् ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरेका थिए । सपथ पछि भने उनी डिल्लीबजारस्थित कारागार चलान भएका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।