काठमाडौं २६ पुस ।
उषाकला राई– प्रदेश नम्बर १ की सांसद अर्थात पूर्व संविधानसभा सदस्य । खोटाङको खाल्डेमा जन्मनु भएकी उहाँलाई अहिले मातृ शोक परेको छ । ७५ वर्षको उमेरमा उहाँकी ममतामयी माता लक्ष्मी राईको बुधबार निधन भएको हो ।

आमाको निधनपछि उहाँ आफैं अहिले किरियापुत्री बसीरहनु भएको छ । पुरुषले जस्तै कपाल खैरेर, सेतो परिहनमा उहाँ हुनुहुन्छ । हाम्रो समाजमा किरियापुत्री पुरुष मात्र बस्ने चलन रहदै आएकोमा सांसद आफैं आफ्नी आमाको लागि किरियापुत्री बस्नु भएको हो ।

आमाको लागि श्रीमती किरियापुत्री बसेपछि श्रीमान तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले श्रीमतीको कदममा साथ र समर्थन देखाउनु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

सांसद उषाकलाले आफ्नो फेसबुक वालमा बचाउन नसकेकोमा दुःख पोख्नु भएको छ । उहाँ लेख्नुहुन्छ-
‘जीवन घाम छाया रहेछ । कतिखेर सिद्दिन्छ थाहा हुदैन रहेछ । आमाले हामिलाई यति चाडो छाड्नु होला लागेको थिएन । धेरै प्रयासको बाबजुद पनि आमालाई मैले बचाउन सकिन । आमा ! मलाई माफ गरिदिनुस !
हजुरको नाममा मैले कति प्रार्थना गरे
आमा ! हजुरको स्वर्गको बास होस ।
हजुरको आत्माले शान्ती पाओस !
Im so..sorry Mamu ples !’

भिडियाे हेर्नुहाेस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।