मन्त्रीले सचिव कुटपिटको घटना यथार्थ बाहिर आउनुपर्छ : पूर्वमन्त्री

जनकपुरधाम, २ माघ । पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको बताए ।

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र सङ्घीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै पूर्वमन्त्री जोशीले संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्ने बताए

नेपाली कांग्रेस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको आफ्नो पार्टीले भत्र्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गरिनुपर्ने माग गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।