फागुन ५ काठमाडौं । अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको छ ।
प्रश्नपत्र बिक्रि प्रकरण, १८ महिनादेखि प्रकाशन नगरेको रिजल्ट तत्काल प्रकाशन गर्नुपर्ने, उपकुलपति र रजिष्टारको विवाद समाधान गरिनुपर्ने लगायतका माग राखि काठमाडौंको सिनामंगलस्थिति सम्पर्क कार्यालयमा सोमबार तालाबन्दी गरेको हो ।

नेकपा–माअ‍ेवादी निकटको अखिल क्रान्तिकारीका सचिव दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार डा. महेश्वरमान श्रेष्ठ विश्वविद्यालयको समस्य समाधान गर्न गैरजिम्मेवार भएको भन्दै सोमबार ३ बजेतिर तालाबन्दी गरिएको हो ।

विश्वविद्यालयको समस्या समाधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने क्रममा आफ्नो संगठनका केन्द्रीय सदस्य नरेन्द्र विकलाई उपकुलपतिले नै गिरफ्तार गर्न लगाएको आरोप चलाउनेले लगाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।