कांग्रेस एमालेले नसके सरकारको विकल्प दिन तयार छौं : एमाओवादी

फागुन ३ ।  एकीकृत माओवादीले कांग्रेस एमालेले सरकार गठन गर्न नसके त्यसको विकल्प दिन आफूहरु तयार रहेको बताएको छ ।

कांग्रेस र एमालेबीच गृह मन्त्रालयको विषयमा विवाद चर्केका बेला एमाओवादीले आफूहरु सरकारको विकल्प दिन तयार रहेको बताएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले मुलुकलाई सरकार बिहीन बनाउन नहुने भन्दै कांग्रेस–एमालेले नसके आफूहरु सरकारको विकल्प दिन तयार रहेको बताए ।

कांग्रेस र एमालेका कारण मुलुकलाई बन्धक बनाउन नहुने उनको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।