फागुन ४ । वैदेशिक रोजगार विभाग र विभाग अन्तर्गत भर्खरै खुलेका ४ शाखा कार्यालय शनिबार पनि खुलेका छन् । विभागमा कामदारको भीडभाड अत्यधिक भएकाले त्यसलाई घटाउन विभागअन्तर्गतका कार्यालय शनिबार पनि खोलिएको हो ।
विभागका सूचना अधिकृत बद्री कार्कीले विभाग ७ देखि १ बजेसम्म र शाखा कार्यालय बिहान १० बजेदेखि ५ बजेसम्म खोलिएको बताए । ‘विभागमा भीडभाड नघटेसम्म यसलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘अब भीड देखाएर श्रम स्वीकृति रोक्ने कर्मचारी कारबाहीको भागीदार बन्नेछन् ।’
विभागले शनिबार संस्थागत ढंगले ११ सय कामदारको श्रम स्वीकृति दिएको जनाएको छ । विभागका महानिर्देशक कृष्णहरि पुस्करले व्यक्तिगत तथा पुनस् दर्ताका पेन्डिङमा रहेका अधिकांश श्रम स्वीकृतिका फाइल स्वीकृति दिइएको जानकारी दिए । ‘विभागको संरचनात्मक सुधार सुरु भइसकेको छ,’ उनले भने, ‘विभागको सुधारमा जोसुकै बाधक भए पनि उनीहरू कारबाहीको भागीदार हुनेछन् ।’
पछिल्लो समय प्रथम श्रमस्वीकृति र अन्तिम श्रम स्वीकृति गर्दा त्यहाँका कर्मचारीले फाइलमा रहेका कर्मचारीको संख्या हरेर रकम असुली गरेको भन्दै विभाग नै बदनाम हुन थालेको थियो । कर्मचारी युनियनको सिफारिसमा गएका कर्मचारीले विभागका महानिर्देशकलाई पनि नटेर्दा कामदारको फाइल सदर हुन लामो समय लाग्ने गथ्र्यो ।
कर्मचारी युनियनको ‘डन प्रवृत्ति’ हटाउन विभागमा तीनमहिने काजमा आएका महानिर्देशक पुस्करलाई पनि सहज नभएको व्यवसायीको भनार्इ उदृत गर्दै नयाँ पत्रिकामा खबर छापिएको छ ।
Comments