लुम्बिनी, २६ फागुन । प्रदेश नं ५ को सुरक्षा सम्बन्धमा समीक्षा बैठक आजदेखि भैरहवामा शुरु भएको छ । प्रदेशका १२ जिल्लाका सुरक्षा समितिका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षासम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।

स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपाको गतिविधि समिक्षाको मुख्य केन्द्रबिन्दु बनेको छ ।

प्रदेशस्तरीय सुरक्षा समितिको बैठकको अध्यक्षता गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईले गरिरहेका छन् । बैठकमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र अनुसन्धान विभागका प्रमुख सहभागी छन् ।

बैठकको मुख्यरुपमा प्रदेशको एकीकृत सुरक्षा सम्बन्धमा छलफल हुनेछ । बैठकलाई सोमबार गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै बैठकमा गृह सचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका प्रमुख पनि सहभागी हुने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।