काठमाडौं २ फागुन । काठमाडौंको न्यूरोडमा अवस्थित  बिशाल बजार परिसरमा आगलागी भएको छ ।

विशाल बजारको पार्किङ स्थलमा आलगाली हुँदा कुनै मानविय तथा पार्किङ गरिएका सवारी साधनमा क्षति भने भएको छैन ।

दिउँसो सवा एक बजे विद्युत सर्ट भई भएको आगलागीमा एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट जेनेरेटर पूर्णरुपमा जलेको छ ।

आगलागी जनपद, सशस्त्र प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।