काठमाडौं २० चैत । १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत फेरि पनि पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर टेकुले ठगी अभियोगमा बस्नेतलाई पक्राउ गरिएको जनाएको छ । बुधबार साँझ ७ बजे उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसका आधारमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ओरेन्टल सहकारी र विभिन्न हाउजिङ तथा अपार्टमेन्ट बनाउने भन्दै बस्नेतले सर्वसाधारणसँग अर्बौं रुपैयाँ उठाएका थिए ।
यसअघि पनि बस्नेतले ठगी अभियोगमै दुई वर्ष जेल बसेका थिए । २०७३ पुसमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
Comments







