काठमाडौं २० चैत । अबको २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आम्दानी १२ हजार १ सय डलर हुने अनुमान सार्वजनिक भएको छ । उक्त अनुमान पनि कुनै सामान्य ठाउँबाट नभएर सरकारी योजना तय गर्ने निकायबाट नै आएको हो ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १५ औं योजनाको आधारपत्रको मस्यौंदामा आर्थिक वर्ष २१००/०१ सम्ममा एक व्यक्तिको कूल राष्ट्रिय आम्दानी १२ हजार १ सय डलर हुने उल्लेख छ ।
अहिले २०७४/७५ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार १२ डलर रहेको छ । नेपालीको आयु समेत बढावा हुने मापन गरिएको छ । अहिले नेपालीको औसत आयु ६९ वर्ष मापन गरिएकोमा २५ वर्षमा अपेक्षित आयू ८० वर्ष पुर्याँउने लक्ष्य छ ।
Comments







