काठमाडौं २७ चैत । वीर अस्पतालको प्रांगणमै चिकित्सकले बिरामीको चेक जाँच गरेका छन् । आन्दोलनरत डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण बहिस्कार गरेर प्रांगणमै चेकजाँच गरेका हुन् ।
डाक्टरहरुले यसअघि अस्पतालको ओपीडी कक्षमा ताला लगाएका थिए । प्रहरीले बल प्रयोग गरेर ताला खोले पनि डाक्टरहरु आफ्नो कार्यकक्षमा भने गएनन् । डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । आन्दोलनका कारण बिरामीहरु भने मर्कामा परेका छन् ।
सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । उनीहरुले विगत पाँच दिनदेखि आन्दोलन गर्दै आएपछि बिरामीको बिचल्ली हुन थालेको छ ।
Comments