काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले साढे २ लाख साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । संस्थाले आइपीओ जारी गर्न अनुमति पाएको हो ।
गुराँसलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।
केन्द्रीय कार्यालय धनकुटामा रहेको संस्थाले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । कम्पनीले २२ वटा शाखा कार्यालयबाट वित्तीय सेवा पुर्याउँदै आएको छ ।
अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।
Comments