काठमाडौं २८ माघ ।
प्रधानमन्त्री सुशिल कोइरालाले २४ घण्टाभित्र चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारलिाई निर्देशन दिएका छन् ।

त्रिवि कुलपतिको हैसियतमा मंगलबार नै सपथ ग्रहण गरी कार्यकार सम्हालेका प्रधानमन्त्री कोइराला नेतृत्वको मन्त्रीपरिषद बैठकले यस्तो निर्देशन दिएको हो ।

डिन नियुक्तीको विषयमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी चौथो पटक अनसनमा छन् भने चिकित्सकहरु आन्दोलनमा छन् ।

मेडिकल कलेजलाई सम्बन्धन दिने बिषयमा दवाव खेप्न नसकी तत्कालीन डिन प्रकाश सायमीले राजिनामा दिएपछि बल्झिएको डिन विवाद अझैं मिल्न सकेको छैन । सायमीको राजिनामा स्वीकृत गर्दै त्रिवि कार्यकारी परिषद्ले विवादित छविका डा. शशि शर्मालाई नियुक्त गरेपछि डा. केसी १४ दिन लामो अनसन बसेका थिए । केसीको अनसन र चिकित्सक आन्दोलनका कारण त्रिविले डा. शर्मालाई बर्खास्त गरेको थियो ।

डा. केसीको १४ दिन लामो अनसन तोडाउन सरकारले राजिनामा गरेका सायमीको पुर्नवहाली वा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्तीको प्रतिबद्धता जनाए पनि माग पूरा नभएपछि डा. केसी पुन शनिबारदेखि अनसनमा बसेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको बिषयमा केसी अनसन बसेको यो चौथो पटक हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।