माघ २८ । पर्यटकिय क्षेत्र ठमेलमा महिलालाई बन्धक बनाएर समेत यौन व्यवसाय चलाइएको पाइएको छ ।

राम्रो जागिर लगाइदिने भन्दै युवतीहरुलाई ल्याएर  मसाज सेन्टरको नाम दिई यौन धन्दा चलाउने गरेको पाइएको हो ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले त्यसरी बन्धक बनाइएका ३ महिलाको उद्दार गरेको छ ।
उनीहरूलाई ठमेलको होटल ग्रिन लिफबाट उद्दार गरिएको हो । त्यहाँ महिलालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाएको वृत्तका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार बाहिरबाट ग्राहक ल्याएर महिलालाई प्रयोग गर्ने गरेको खुलेको छ । होटल सञ्चालक फरार छन् । ग्राहकबाट आफूले धेरै रकम असुलेर महिलालाई थोरै दिने गरेको प्रहरीको भनाई छ ।

यस्तै, ठमेल कै नीलगिरी स्पा एन्ड मसाज सेन्टरबाट प्रहरीले सञ्चालक निर्मल मगरलाई पक्राउ गरेको छ । उनलाई स्पामा काम गर्न राखिएका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप छ ।

जबरजस्ती यौन धन्दामा लगाएको उजुरीपछि छापा मारेर पक्राउ गरिएको कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।