
ठू-ठूला सपना भन्दा पनि पूरा गर्न सकिने योजना लिएरै अगाडी बढ्दा आफूहरुले अहिलेसम्मको सफलता प्राप्त गरेको स्पिडि संस्थापक टिमका उमेश डिसी बताउँछन् । ‘सेवाग्राही नै हाम्रो सफलताको सिडि हुन्, उनीहरुलाई केन्द्रमा राखेरै हामी हरेक काम गर्छौ’ उमेश भन्छन्, ‘एक पटक हाम्रोबाट सेवा लिएका सेवाग्राहीहरु सेवाबाट सन्तुष्ट भएरै दोहोर्याई तेहेर्याई आएका छन्, यसैमा बढी हामी खुसी छौं ।’
त्यसो त यो कम्पनी केही गरौं भन्ने उद्देश्य बोकेका जुझारु केही युवाहरुकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । १ जनवरी २०१० बाट औपचारिक रुपमा सेवा सुविधा दिँदै आएको स्पिडिले विश्वका हरेक देशका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्यि हवाई टिकट उपलब्ध गराउँदै आएको छ । यसको काम भने यति मात्रै होइनन्, र्याफ्टिङ, बन्जी जम्पिङ, साइक्लिङ विद्यार्थीका लागि प्याकेज टुर, बस ट्रेनको टिकेटिङ, इन्सुरेन्स, विश्वभर होटल बुकिङ, आउटबाउण्ड प्याकेज टुर, कार्गो तथा कुरिअर, वेस्टन युनियन, मनि ग्राम लगायत क्षेत्रमा यसले सेवा सुविधा दिंदै आएको छ । यी क्षेत्रहरुमा सेवाग्राहीलाई भरपर्दो मात्रै नभएर सस्तो पनि सेवा दिंदै आएको स्पिडिको दाबी छ ।
आन्तरिक पर्यटक सबैलाई सबै ठाउँमा सहभागिता गराउन सके नेपालको पर्यटन व्यवसाय अझै फस्टाएर जाने कम्पनीको दाबी छ । स्पिडिले नेपालका ग्रामिण तथा आन्तरिक पर्यटनलाई विश्व पर्यटन बजारमा पुर्याउन टेवा दिनु नै आफ्नो लक्ष्य ठानेको छ । स्पिडि भन्छ,’कम्पनीको सेवालाई विस्तारै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा शाखा अन्तर्गत विस्तार गर्ने हाम्रो योजना छ ।’
नेपालको पर्यटन व्यवसायलाई अन्तराष्ट्यि जगतमा सरकारी पक्षले प्रचार प्रसार गर्नु पर्ने हो त्यो नगरिएको भन्दै स्पिडिले पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन सरकारले संयन्त्र बनाउनु पर्ने सुझाव पनि दिएको छ ।