नेपाली बजारमा सामसुङ ग्राण्ड–२

माघ । नेपाली बजारमा सामसुङ ग्राण्ड–२ भित्रिएको छ । सामसुङ मोबाइलका लागि नेपालको अधिकृत विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेस्ले स्थानीय बजारमा सामसुङ ग्राण्ड–२ भित्राएको हो ।

कम्पनीले राजधानीमा पत्रकार सम्मेलन गरी ग्राण्ड–२ को बजार प्रवेशबारे जानकारी गराएको हो ।

सामसुङ ग्राण्डको सफलतापछि ग्राण्ड–२ बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यस मोबाइलको   स्थानीय बजार मूल्य ३६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।