अपडेट: माघ २७ । नेपाली कांग्रेसका सभापति सुशिल कोइराला ३७ औं प्रधानमन्त्री बन्न सफल भएका छन्
व्यवस्थापिका संसदमा आज भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपाली सभापति सुशील कोइराला प्रधानमन्त्रीमा ४ सय ५ मतका साथ निर्वाचित भएका छन् ।
व्यवस्थापिका संसदमा आज भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपाली सभापति सुशील कोइराला प्रधानमन्त्रीमा ४ सय ५ मतका साथ निर्वाचित भएका छन् ।
७६ वर्षीय अविवाहित कोइराला गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री तथा मुलुकको ३७ औं प्रधानमन्त्री बन्न सफल भए ।
निर्वाचनमा कांग्रेससँगै एमाले, राप्रपा, मालेसहितका दलहरुले कोइरालाको पक्षमा मत दिएका थिए भने एकीकृत नेकपा माओवादी राप्रपा नेपालसँगै मधेसी दलहरुले उनको विपक्षमा मत दिएका थिए ।
संसदमा जम्मा उपस्थित ५ सय ५३ सभासदमा १ सय ४८ जनाले बिपक्षमा मतदान गरेका थिए ।
एमालेसँग भएको सात बुँदे सहमति पछि कोइराला प्रधानमन्त्रीमा सहज रुपमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले बुधबार बिहान १० बजे राष्ट्रपति रामवरण यादबबाट शीतल निवासमा सपथ लिने बताइएको छ ।
राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको सपथ आजै गर्ने तयारी गरे पनि एमालेसँग सत्ता बाडफाँडमा कुरा मिल्न सकेको छैन ।