माघ २७ । एक जना नेकपा एमालेका सभासद्ले जिउँदै व्यक्तिलाई मृत भनी मोहीको लगतकट्टा गरेको खुल्न आएको छ ।

पर्सा ५ बाट निर्वाचित नेकपा एमालेका सभासद जयप्रकाश थारुले जिउँदै व्यक्तिलाई मृत भनी मोहीको लगतकट्टा गरिएको खुलेको हो ।

उनले सुपौली गाविसको उपाध्यक्ष छँदा मोही बिजबनिया ६ का देवराज हजरा मरिसकेको र हक खाने कोही जीवित नरहेको भनी भुमिसुधार कार्यालय पर्साबाट मोही कट्टा गरेको नागरिक दैनिकमा खबर छ ।

 देवराज बितेपनि उनका छोरा बागड हजारा आफू जिउँदै रहेको भनी तीन वर्षदेखि अदालत धाइरहेका छन्। बागडको परिवारमा श्रीमती, चार छोराबुहारी र आधा दर्जन नातिनातिना छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।