काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् ।
यसअघि बसेको मन्त्रीपरिषदको बैठकका विषयमा सञ्चारमन्त्रीले ढाँटेका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै प्रवक्ता बाँस्कोटाले मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सका विषयमा झुटो कुरा बोलेका हुन् ।
“जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद् बैठक होइन, कहाँबाट ‘क्याबिनेट’, ‘क्याबिनेट’ ‘क्याबिनेट’ भएर आयो, बुझ्न नसकिएन, सत्य एउटै मात्र हुन्छ”, उनले भने, “प्रधानमन्त्रीसँग विषयवस्तु आदानप्रदान गरिएको हो, कुनै निर्णय गरेनौँ, हामी अवसरवादी बन्दैनौं र बन्न सक्दैनौँ, देश र जनताप्रतिको दायित्व र अभिभाराप्रति सधैँ इमान्दार भइराख्छौँ ।”
सरकारका प्रवक्ताले यसो भनिरहे पनि भिडियो कन्फ्ररेन्स मार्फत बैठक बसेकै दिन प्रधानमन्त्रीले क्यानिबेट बैठक बसेको भन्दै ट्विट गरेका थिए । हेर्नुहोस्: