काठमाडौं । नेकपा सांसदले नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन हालेका छन् । उनीहरुले पत्रकार बन्न परीक्षा लिनुपर्ने प्रस्ताव गरेका छन् । पत्रकारितामा विकृति देखिन थालेकाले लाइसेन्ससम्मको व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा छ ।
नेकपामा १४ जनाले संयुक्त रुपमा संघीय संसद् सचिवालयमा संशोधन दर्ता गराएका छन् । मिडियाकाउन्सिलले वर्षमा दुईपटक परीक्षा लिनुपर्ने प्रस्तावमा उल्लेख छ ।
विधेयकको दफा १५ पछि ‘पत्रकारिता व्यवसायी परीक्षा’ परिच्छेद थप गर्नुपर्ने उनीहरुको माग छ । ‘वर्षको दुईपटक काउन्सिलले पत्रकारिता व्यवसायीको परीक्षा सञ्चालन गर्नेछ’ प्रस्तावमा छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
Comments