काठमाडौं । स्याङ्जाको गल्याङमा बुधबार तीज मनाएर माइतीबाट घर फर्किंदै गरेका महिलाहरू जिप दुर्घटना दुर्घटना हुँदा एक बालकसहित ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

पाल्पाको हुँगीबाट आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप गल्याङको दिमिक भन्ने स्थानमा दिउँसो १२ बजे दुर्घटना हुँदा जीपमा सवार १० महिने बालक प्रसून परियार, वर्ष ३४ का मन्जु भण्डारी र वर्ष ७२ का सीता नेपालीको मृत्यु भएको हो ।

पाल्पाबाट आएको जीपले गल्याङबाट आएको जीपलाई साइड दिने क्रममा सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । १४ सिटको अनुमति पाएको जीपमा झण्डै ३० जना यात्रु रहेको र उकालो बाटोमा विपरीततर्फबाट आएको अर्को सवारी साधनलाई साइड दिन खोज्दा दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।