जनकपुर । बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ । जिल्ला अदालतबाट चारवर्ष अघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेशसभाले उनलाई निलम्बन गर्ने भएको छ ।
नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध १७ नम्बर गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेशसभाले प्रक्रिया शुरु गरेको हो । समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
Comments