एजेन्सी
विकासमा निक्कै अषडी फड्को मारिसकेको युरोपमा भ्रष्टचारको तथ्यांक हेर्ने हो भने आश्चर्यजनक अवस्था देखिएको छ ।
विकासमा निक्कै अषडी फड्को मारिसकेको युरोपमा भ्रष्टचारको तथ्यांक हेर्ने हो भने आश्चर्यजनक अवस्था देखिएको छ ।
युरोपेली आयोगले युरोपमा वार्षिक १ खर्ब २० अर्ब युरो बराबरको भ्रष्टाचार हुने तथ्य बाहिर ल्याएको हो ।
युरोपियन युनियनसँग आबद्ध रहेका सबै २८ मुलुकमा पहिलो पटक गरिएको भ्रष्टाचार सम्बन्धी अध्ययनबाट यो अवस्था सार्वजनिक भएको छ ।
युरोपेली आयोगले गरेको अध्ययनमा सहभागी मध्ये तीन चौथाई जनताले आफ्नो मुलुकमा भ्रष्टाचार बढेको बताएका थिए ।
यसैगरी, १० मध्ये ४ जनाले भ्रष्टाचारले व्यापार व्यवसायमा अवरोध आउने गरेको बताए । अन्य मुलुकको तुलनामा स्वेडेनमा भने भ्रष्टाचार निकै कम हुने गरेको अध्ययनले देखाएको छ ।
युरोपियन यूनियनले भ्रष्टाचार नियन्त्रणमा इयुका संस्थाहरु भन्दा सरकार बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ ।
Comments