माघ २१ । नेपालको प्रमुख दातृ निकाय विश्व बैंकका अधिकारीहरुले सरकारले विभिन्न बहाना देखाएर परियोजनाहरुमा सहयोग रकम खर्च गर्न नसकेको बताएका छन् ।

बेमौसममा कर्मचारी सरुवा पुँजीगत खर्च न्यूनहुनु, औपचारिक कागजी प्रक्रियामा बढी समय लाग्ने जस्ता कारण देखाएर सरकारले दातृ निकायले दिएको सहयोग रकम लक्ष्यअनुसार खर्च गर्न नसकेको उनीहरुको आरोप लगाएका छन् ।

अर्थमन्त्रालयमा सोमबार भएको ‘विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको वर्तमान अवस्था र भावी कार्यदिशा’ समीक्षा बैठकमा बैंकका अधिकारीहरुले विभिन्न मन्त्रालय र विभागबीच समन्वय अभावले समेत परियोजना प्रभावकारी रुपमा अघि बढ्न नसकेको नागरिकमा खबर छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।