काठमाडौं । नेकपाका नेता बामदेव गौतम अहिले बिरामी छन् । बिरामी परेपछि उनी भैंसेपाटीस्थित निवासमा आराम गरिरहेका छन् । कतिपयले भने उनलाई पनि डेंगु लागेको अनुमान गरेका छन् ।
यसअघि, कृषि मन्त्री चक्रपाणि खनाल, तिलगंगा आँखा केन्द्रका निर्देशक डाक्टर सन्दुक रूइत, गण्डकी प्रदेशका नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीलाई डेंगी भएको थियो । त्यसैले बामदेवलाई पनि डेंगु लागेको अनुमान गरिएको थियो ।
पछिल्लो पटक भने उनको हस्पिटल रिपोर्ट आएको छ । जसमा डेंगु नेगेटिभ देखिएको छ भने मौसमी रुघाखोकीले उनी बिरामी भएको पाइएको छ । उनको पछिल्लो रिपोर्ट यस्तो छः
Comments