काठमाडौं । शिक्षक सेवा आयोगले २१ भदौसम्म प्रवेश पत्र सच्याउन मिल्ने समयवधी थप गरेर २५ गतेसम्मलाई पुर्याएको छ ।

आयोगले प्रवेश पत्र सच्याउन विज्ञापन नम्बर, तह र विषय, बैंक भौचर र शैक्षिक योग्यताको प्रमाणपत्र, जन्ममिति तथा नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने जनाएको छ ।

आयोगले प्रवेश पत्र भदौ २७ देखि ३१ गतेसम्म प्रिन्ट गर्न सकिने जनाएको छ । प्रवेश पत्रमा विवरण ठिक नभएर प्रिन्ट गर्न नसकेको अवस्थामा भने उम्मेदवारले आयोगको इमेलमा लेखी पठाउनुपर्ने र त्यस्तो उम्मेदवारहरुको लागि असोज १ देखि प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।