काठमाडौं । के तपाईको सम्पत्ती करोडमाथि छ ? अनि तपाईले २५ लाख भन्दा बढीको कारोबार गरिरहनु भएको छ ? त्यसो भए तपाईले अब तिन पुस्ते विवरण खुलाउनुपर्ने भएको छ ।

सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि प्रावधानलाई कडाई नीति लिएको हो । वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण भर्नुपर्ने छ ।

व्यक्ति वा संस्थासँग उल्लेखित विवरणहरु माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने गरी कानुन बन्दैछ ।

त्यति मात्र हैन, कुनै पनि कम्पनी वा व्यक्तिले १० लाख वा सो भन्दा बढीको शेयर खरीद गरेमा स्रोत खुलाउनुपर्ने भएको छ । १० लाख भन्दा बढीको कारोबार गर्दा प्यान अनिवार्य गरिसकेको अवस्था छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।