सिंगापुर हुँदा मुटुमा राखिएको प्रधानमन्त्रीको नली टिचिङमा १५ मिनेटमा निकालियो, यस्तो छ प्रधानमन्त्रीको अवस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत साता सिंगापुरमा उपचारका लागि गएका थिए । त्यहाँ उनको मुटुमा राखिएको क्याथेटर (नली) बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ ।

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकाल्न १५ मिनेट समय लागेको थियो । प्रधानमन्त्री सामान्य फलोअपका लागि टिचिङ पुगेका हुन् ।

अहिले उनको अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी अहिले बालुवाटार फर्किएर काममा सक्रिय भइसकेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।