काठमाडौं । भरतपुरको चितवन मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ भने प्रहरीले विप्लवका छोरासहित १६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा आन्दोलनको नेतृत्व गरिरहेका विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका हुन् ।

चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।

कलेज प्रशासनले भने सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।