काठमाडौं । बिहे अघि पातली युवतीहरु बिहे लगत्तै मोटाएको तपाईले देख्नु भएकै होला । तर किन भन्ने थाहा नहुन पनि सक्छ । विभिन्न अनुसन्धानका अनुसार विवाहको ५ वर्षभित्र करीब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गरेको पाइएको छ ।
विवाहपछि शुरुका दिनमा युवतीहरू तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ । मानिसहरू विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । विवाहपछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरू छुट्ने गर्दछ जसले तौल बढ्छ ।
धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।
Comments







![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)