काठमाडौं । बिहे अघि पातली युवतीहरु बिहे लगत्तै मोटाएको तपाईले देख्नु भएकै होला । तर किन भन्ने थाहा नहुन पनि सक्छ । विभिन्न अनुसन्धानका अनुसार विवाहको ५ वर्षभित्र करीब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गरेको पाइएको छ ।

विवाहपछि शुरुका दिनमा युवतीहरू तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ । मानिसहरू विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । विवाहपछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरू छुट्ने गर्दछ जसले तौल बढ्छ ।

धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।