काठमाडौं । दशैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दशैंको लागि टिकट खुल्ला गर्ने सहमति भएको हो ।
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुल्ला गर्ने निर्णय भएको बताए ।
यसैबीच, दशैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले भाडा बढाउन माग गरेपनि सरकारले चाडपर्वमा भाडा बढाउन नसक्ने जवाफ दिएको थियो ।
दशैं मनाउन उपत्यकाबाट १५ देखि २० लाखको हाराहारी मानिसहरु बाहिरिने गरेका छन् ।
Comments







