काठमाडाैं । दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ । टिकट मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन् । टिकट बुकिङका लागि यातायात व्यवस्था विभाग, व्यवसायी र ट्राफिक प्रहरीबिच समन्वय भएको छ ।
आइतबार अग्रिम टिकट खुल्लासँगै लाइनमा बसेका गोंगबु, कोटेश्वर,गौशाला, बल्खुलगायतका टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाउन नसकेको समाचारमा उल्लेख छ । यसैगरी पत्रिकाले नेकपाका २९ मेयरहरु चीनमा पढिइरहेको खबरलाई समेत प्रमुख समाचार बनाएको छ ।
Comments