बैशाख १८ मा एमाओवादीले संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने, अध्यक्षसम्म चुनिनुपर्ने

काठमाडौं, १८ माघ । एकीकृत नेकपा माओवादीले आगामी बैशाख १८ गते संगठनात्मक राष्ट्रिय सम्मेलनका लागि मिति तोकेको छ । पार्टी कार्यालय पेरिसडाडामा दुई साता अघिदेखि चलेको केन्द्रीय समिति बैठकले बैशाख १८ गते मे दिवसका दिन पार्टीको संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा प्रतिनिधि हुनका लागि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने लोकतान्त्रिक प्रणालीमार्फत सम्मेलन हुन लागेको नेता विश्वभक्त दुलालले बताए । यो स“गै अध्यक्ष दाहाल लगायत शिर्ष नेताहरु समेत राष्ट्रिय सम्मेलन प्रतिनिधि हुन निर्वाचित भएर आउनुपर्ने भएको छ र्। सम्मेलनमा प्रतिनिधि हुन चुनिएर आउनुपर्नेछ’  नेता दुलालले भने, के कस्तो भन्ने कुरो भने संगठन विभागले एउटा विधि र पद्धति बनाउनेछ ।’

केन्द्रीय समिति बैठकले अध्यक्ष दाहालको परिमार्जित राजनीतिक प्रस्तावलाई सुझावसहित पारित समेत गरेको छ । बैठकमा अध्यक्षको प्रस्तावमा नेता बाबुराम भट्टराईले ११ र नारायणकाजी श्रेष्ठले ९ बु“दे सुझाव दिएका थिए । दुवै नेताका सुझाव समेट्ने दाहालले बैठकमा प्रतिवद्धता गरेका छन् ।

पार्टीका तर्फबाट संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय समितिले चयन समेत गरेको छ । तर, उपनेता, मुख्य सचेतक, तथा सचेतक भने केन्द्रीय समितिले टुंगो लगाएको छैन । उपनेतामा टोप बहादुर रायमाझी तथा मुख्य सचेतकमा गिरिजामणी पोखरेल र पार्टीको जिम्मेवारीमा सभामुख आएमा नेता कृष्ण बहादुर महरालाई तोक्ने एमाओवादीको तयारी रहेको स्रोतले बताएको छ ।

केन्द्रीय समिति बैठकले नेताहरु भट्टराईलाई स्कूल विभाग, श्रेष्ठलाई अन्तराष्ट्रिय विभाग, दाहाललाई उत्पादन तथा निर्माण विभाग, पोष्ट बहादुर बोगटीलाई संगठन विभाग, अग्नि सापकोटालाई शिक्षा विभागको जिम्मा दिएको नेता हरिबोल गजुरेलले बताए । बैठकले पार्टी प्रवक्ताको जिम्मा पुनः दीनानाथ शर्मालाई दिने निर्णय गरेको छ । यसअघि नेता सापकोटा एमाओवादी पार्टी प्रवक्ता थिए ।

बैठकले केन्द्रीस्य सदस्यबाट ७५ वटै जिल्ला इन्चार्ज समेत तोकेको छ । सम्मेलन नहु“दासम्म राज्य समितिहरु यथावत् राख्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ । 

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...