
सम्मेलनमा प्रतिनिधि हुनका लागि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने लोकतान्त्रिक प्रणालीमार्फत सम्मेलन हुन लागेको नेता विश्वभक्त दुलालले बताए । यो स“गै अध्यक्ष दाहाल लगायत शिर्ष नेताहरु समेत राष्ट्रिय सम्मेलन प्रतिनिधि हुन निर्वाचित भएर आउनुपर्ने भएको छ र्। सम्मेलनमा प्रतिनिधि हुन चुनिएर आउनुपर्नेछ’ नेता दुलालले भने, के कस्तो भन्ने कुरो भने संगठन विभागले एउटा विधि र पद्धति बनाउनेछ ।’
केन्द्रीय समिति बैठकले अध्यक्ष दाहालको परिमार्जित राजनीतिक प्रस्तावलाई सुझावसहित पारित समेत गरेको छ । बैठकमा अध्यक्षको प्रस्तावमा नेता बाबुराम भट्टराईले ११ र नारायणकाजी श्रेष्ठले ९ बु“दे सुझाव दिएका थिए । दुवै नेताका सुझाव समेट्ने दाहालले बैठकमा प्रतिवद्धता गरेका छन् ।
पार्टीका तर्फबाट संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय समितिले चयन समेत गरेको छ । तर, उपनेता, मुख्य सचेतक, तथा सचेतक भने केन्द्रीय समितिले टुंगो लगाएको छैन । उपनेतामा टोप बहादुर रायमाझी तथा मुख्य सचेतकमा गिरिजामणी पोखरेल र पार्टीको जिम्मेवारीमा सभामुख आएमा नेता कृष्ण बहादुर महरालाई तोक्ने एमाओवादीको तयारी रहेको स्रोतले बताएको छ ।
केन्द्रीय समिति बैठकले नेताहरु भट्टराईलाई स्कूल विभाग, श्रेष्ठलाई अन्तराष्ट्रिय विभाग, दाहाललाई उत्पादन तथा निर्माण विभाग, पोष्ट बहादुर बोगटीलाई संगठन विभाग, अग्नि सापकोटालाई शिक्षा विभागको जिम्मा दिएको नेता हरिबोल गजुरेलले बताए । बैठकले पार्टी प्रवक्ताको जिम्मा पुनः दीनानाथ शर्मालाई दिने निर्णय गरेको छ । यसअघि नेता सापकोटा एमाओवादी पार्टी प्रवक्ता थिए ।
बैठकले केन्द्रीस्य सदस्यबाट ७५ वटै जिल्ला इन्चार्ज समेत तोकेको छ । सम्मेलन नहु“दासम्म राज्य समितिहरु यथावत् राख्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ ।