गोरखा, १६ माघ– गोरखाको घ्याल्चोक गाविस वडा नं ९ मा कए किशोरीलाई बलात्कार गर्ने सैनिक जवान पक्राउ परेका छन् ।

 घ्याल्चोकमा माघ ६ गते १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने २८ वर्षीय सैनिक जवान महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आफूलाई जबर्जस्ती बलात्कार गरेर कसैलाई भनेमा सिध्याइदिने धम्की दिएको पिडितले बताएकी छन् । किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि सोध्ने क्रममा बलात्कारको रहस्य खुलेको हो । स्थानीयको विहेमा रत्यौली हेर्न गएका बेला उनी बलात्कृत भएकी थिइन् । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।