दिप बहादुर घर्ति
जाजरकोट, माघ । जाजरकोट रिम्नामा रहेको सरकारी लगानीमा निर्माण गरिदै गरेको स्मृतिको क्यानभाष जस्तो लाग्ने रोचक दृष्यमा सजिएको शहिद पार्कले हिजो आज धेरै मान्छेहरुको मनलाई आकर्षित गर्न थालेको छ ।

छिमेकी जिल्ला रुकुम र सदरमुकाम खलंगा आसपासमा रहेका घुम्ना आउने मान्छेहरु शहिद पार्कमा भिड् लाग्न थालेपछि मान्छेहरुको मनलाई आकर्षित गर्न थालेको हो ।
शुक्रवार, सनिवार जस्ता सार्बजनिक विदाको दिनमा सरकारी कर्मचारी र ब्यापारीहरुको भिड् लाग्ने शहिद पार्कमा जान सदरमुकाम खलंगा देखि पुर्व तिर जम्मा १६ किलोमिटर रहेको छ । विभिन्न पाटी र भोजको लागी उपयुक्त ठाउँका रुपमा यस शहिद पार्क रहेको ठाउँ रिम्नालाई मान्न थालिएको छ ।

हाल डोल्पा जिल्लाको ब्यापारी केन्द्रका रुपमा रहेको जाजरकोटको रिम्ना देखि सुर्खेत रामघाट सम्म विदेशी पर्यटकहरुका लागि र्याप्टीङ्ग तथा जल मार्गका रुपमा पर्यटन मन्त्रालयले मान्यता दिएको पनि २/३ बर्ष भैसकेको छ । शहिद पार्कमा मुख्य रोचक दृष्यका रुपमा रहेको त्यहँको भौतिक संरचना, त्यस भित्र रहेका विगत द्वन्दको क्रममा राज्यद्धारा मारिएका जाजरकोटकै ३ सय ६५ जना शहिद र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका रोल्पा, रुकुम, जुम्ला, कालीकोट लगाएतका जिल्लावाट बलिदान गर्ने प्रतिनीधिमुलक शहिदहरुको फोटाहरु सजाइएको छ ।

विभिन्न जीवजनावरहरुमा अजीङ्गर, चाइनिजमुसा, दम्सी, बादर, लाटोकोसेरो लगायतका जीवहरु पालिएको छ । स्वदेश तथा विदेशमा पाईने फलफुलहरु रोपिएका छन । हाल यो शहिद पार्क निर्माणकै प्रक्रियामा भएता पनि सोचे भन्दा बढी मान्छेहरुको आकर्षण बढाएकामा द्वन्द प्रभावित गाउँले गर्व गर्दै जानु पर्ने रिम्ना निवासी नेकपा–माओवादी पार्टीका केन्द्रिय सदस्य गगन खड्का (जीवन) बताउँछन् ।

उनी रिम्नालाई ब्यापार ब्यबसायका लागि उत्तम केन्द्र,घुमफिर्रका लागि मनोरम ठाउँ, श्रद्धाजु भक्तजनहरुका लागि दुईभेरी नदीको मिलन हुने पवित्र स्थलका रुपमा रहेको उल्लेख गर्छन । उक्त शहिद पार्क रहेको रिम्नामा भक्तजनहरुले माघी नुहाउनलाई मेलाका रुपमा भएर प्रत्येक बर्षको माघ १ र २ गते मेला लगाईने गरिन्छ । माओवादीको जनयुद्व दिवसका रुपमा प्रत्येक फागुण १ गते भब्य मेला लगाईने गरिन्छ । उक्त २ वटै मेला सर्बसाधारणका लागि स्थापित भैसकेका मेला हुन् । पहाडि जिल्लाहरुका लागि जाजरकोट रिम्नाको यो शहिद पार्क नै सम्भवत पहिलो पार्क हो ।

शान्ति तथा पुननिर्माण मन्त्रालयले द्वन्द ब्यबस्थापनको महत्वपूर्ण पक्षका रुपमा लिएको द्वन्दउत्तर अथवा पुननिर्माण तथा पुनस्थापना कार्यक्रममा शान्ति नमुना बस्तिका रुपमा खलंगा गाविसको वडानं. ८ लाई छनौट गरिएको थियो ।

उक्त कार्यक्रम अनुरुप क्रमागत योजनाका रुपमा खानेपानी,सिचाइ,मोटर तथा गोरेटो वाटो,रोडवय, लघु जलविद्युत आयोजना, विद्यालय भवन, सबै भन्दा महत्वपूर्ण आयोजनाका रुपमा रहेको स्मृतिको क्यानभाष जस्तो लाग्ने रोचक दृष्यमा सजिएको शहिद पार्क गरि जम्मा १० वटा आयोजना रहेका छन । उक्त आयोजनाहरु विगत केहि बर्ष यतादेखि क्रमागत रुपमा निर्माण भैरहेका छन ।

शहिद पार्कको मात्र जम्मा जम्मी लागत स्टमेट ६६ लाख ८० हजारको रहेको र हाल सम्म ४८ लाख ३६ हजार खर्च भैसकेको यस बर्ष आयोजनाको अन्तिम बर्ष भएको हुदा १८ लाख ३६ हजार अख्तियारी प्राप्त भएको जिल्ला विकास समिति जाजरकोटले जनाएको छ । श्रोतका अनुसार द्वन्दउत्तर कार्यक्रममा रहेका १० वटा आयोजनाका लागि करोडौ सरकारी रकम खर्च हुने बताइएको छ ।

फोटो : रिम्नामा रहेको शहिद पार्कको भौतिक संरचना साथै त्यहाँ पालन गरिएका जीव जनावर ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।