माघ १५ ।  एकीकृत नेकपा माओवादीका एक स्थानीय कार्यकर्ता ९ एमएम पेस्तोलसहित सुर्खेतमा पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ स्थित घण्टाघरनजिकैबाट मटेला–८ का ३५ वर्षीय रेशमबहादुर जिसी पक्राउ परेका हुन् ।

जिसीसँग पेस्तोल भएको जानकारी केही दिनअघि नै पाएको प्रहरीले उनको खोजि गरिरहेको बताइएको छ ।

पक्राउ पर्ने जिसी एमाओवादीको पूर्वी सुर्खेतका ५ गाविस हेर्ने इन्चार्ज हुन्।

जिसीसँग रहेको पेस्तोल विदेशमा बनेको प्रहरीले जनाएको छ। जिसीले पेस्तोल के कामका लागि बोकेको भन्नेबारे भने खुलेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।